शिक्षा विधेयक यथाशीघ्र संसद्‌मा नपठाए कठोर आन्दोलनमा जान्छौं : शिक्षक महासंघ

हिमाल प्रेस २६ मंसिर २०८१ १०:०५ | Wednesday, December 11, 2024
शिक्षा विधेयक यथाशीघ्र संसद्‌मा नपठाए कठोर आन्दोलनमा जान्छौं : शिक्षक महासंघ नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदी। तस्बिर : हिमालप्रेस

काठमाडौँ- नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक-२०८० यथाशीघ्र संसद्‌मा नपठाए कठोर आन्दोलनमा जाने बताएको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएका सहमतिको सम्बोधन हुने गरी सुझावसहित विधेयकलाई शीघ्रातीशीघ्र संसद्‌मा पठाउनसमेत आग्रह गर्दछौं। अन्यथा नेपाल शिक्षक महासंघ कठोर आन्दोलनमा जाने कुरासमेत सम्बन्धित पक्षसमक्ष जानकारी गराउन चाहन्छौं।’

विद्यालय शिक्षा विधेयक हाल संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा छ। यसै क्रममा कतिपय जिम्मेवार पदाधिकारीबाट विद्यालय शिक्षा र त्यहाँ कार्यरत शिक्षकलाई लाञ्छित र अपमानित गर्ने खालका अभिव्यक्तिहरू सार्वजनिक भएको महासंघका अध्यक्ष सुवेदीले बताएका छन्।

विद्यालय शिक्षा, शिक्षक तथा कर्मचारीलाई लाञ्छित र अपमानित गर्ने गरी अभिव्यक्ति नराख्न उनले ध्यानाकर्षण गराएका छन्।

शिक्षा विधेयक पारितमा ढिलाइ  : आन्दोलन गर्न उक्साउँदै शीर्ष नेता

प्रकाशित: २६ मंसिर २०८१ १०:०५ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast