सुर्खेत वीरेन्द्रनगरबाट देखिएको सूर्योदयको दृश्य । तस्बिर ः शुरहादुर सिंह/ रासस
काठमाडौँ- आजदेखि मौसममा सुधार आउने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने जानकारी गराएको हो।
विभागका मौसमविद् सञ्जीव अधिकारीले शनिबार राति पनि देशभर बदली रहेको र पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको जानकारी दिए।
उनले कालीकोट, डडेलधुराका केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको बताउँदै कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी पानी परेको उल्लेख गरे। लुम्बिनीका केही क्षेत्रमा हल्का पानी परेको भन्दै हुम्लासहित हिमाली क्षेत्रमा बाक्लो हिउँ परिरहेको जानकारी दिए।
प्रकाशित: १४ पुष २०८१ ६:१४ | Sunday, December 29, 2024
प्रतिक्रिया




