शनिबार देशका धेरै ठाउँमा पानी पर्ने

हिमाल प्रेस १२ पुष २०८१ ७:१७ | Friday, December 27, 2024
शनिबार देशका धेरै ठाउँमा पानी पर्ने

काठमाडौँ- आजदेखि वर्षा गराउने प्रणाली पश्चिम नेपालबाट सक्रिय हुने भएको छ।

पश्चिमबाट पूर्व जलवाष्पयुक्त हावा बहने प्रणालीका कारण आज रातिबाट पश्चिम हुँदै शनिबार देशका धेरै ठाउँमा वर्षा गराउने आकलन छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर बादल लाग्ने र धेरैजसो ठाउँमा पानी पर्ने भएकाले शनिबारसम्मै तापक्रम घट्ने र चिसो हुने बताएको छ।

महाशाखाको भनाइमा शनिबार पश्चिमदेखि पूर्वी नेपालसम्मै वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको आकलन छ।

प्रकाशित: १२ पुष २०८१ ७:१७ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast