व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सभामुखको जोड

हिमाल प्रेस ३ पुष २०८१ १५:०५ | Wednesday, December 18, 2024
व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सभामुखको जोड फाइल तस्बिर।

गण्डकी– सभामुख देवराज घिमिरेले व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

पोखरामा सम्पन्न १०औँ अन्तरव्यवस्थापिका सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले  संसद्को काम प्रभावकारी भए सरकारको काम पनि प्रभावकारी हुने बताए।

सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न सम्मेलनमा व्यवस्थापिकाको सक्रियता बढाउन  महत्वपूर्ण छलफल गरिएको जानकारी दिँदै सभामुख घिमिरेले संघीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय तहको साझा सूची निर्माण गरिने बताए। सरकारसँग परामर्श गरी संघ र प्रदेशसभासँग सम्बन्धित ऐन तथा नियम बनाउने जानकारी उनले दिए।

संघीयता कार्यान्वयनसँग सम्बन्धित ऐनकानुन निर्माणमा ढिलाइ गर्न नहुने बताउँदै उनले संसद्को आगामी अधिवेशनले ती कानुन पारित गर्ने विश्वास व्यक्त गरे।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतालाई प्रभावकारी रूपमा कार्यान्वयनका निम्ति  आवश्यक कानुनी व्यवस्था गर्न संघीय संसद् प्रतिबद्ध रहेको बताए।

सम्मेलनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै सातै प्रदेशका सभामुख, उपसभामुख, सचिवलगायत  सहभागी थिए।

प्रकाशित: ३ पुष २०८१ १५:०५ | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast