बीपीका विचार लिएर कांग्रेस अगाडि बढ्नुपर्छ : शशांक कोइराला

हिमाल प्रेस १० पुष २०८१ १६:०४ | Wednesday, December 25, 2024
बीपीका विचार लिएर कांग्रेस अगाडि बढ्नुपर्छ : शशांक कोइराला शशांक कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोइरालाले नेपाली कांग्रेसले विपी कोइरालाका विचार अँगालेर अगाडि बढ्न जरुरी रहेको बताएका छन्।

बुधवार नेपाली कांग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन्। उनले कुनै पनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताए।

समाजका लागि सोचेमात्रै राजनीति हुने उनले बताए। आफ्नोमात्र चिन्ता गरेर राजनीति नचल्ने उनको जिकिर छ। उनले नेपाली समाज वर्षौं पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको बताए।

‘आज मान्छेले वीपी कोइरालालाई किन सम्झिन्छन्, उहाँ करोडपति वा अर्बपति त हुनुहुन्नथ्यो। किनभने उहाँले आफ्नो जीवन अरुका लागि व्याप्त गर्नुभयो‚’ उनले भने, ‘मान्छेले आफूबाट निस्किएर गएपछि मात्र राजनीति शुरु हुन्छ। आफ्नो बारेमा मात्र चिन्ता गरेर त्यस्तो राजनीति चल्दैन। वीपी कोइरालाको जुन विचार छ, त्यो विचारमा अडिएर हामी अगाडि बढ्नुपर्छ।’

देशको विकास र समृद्धिका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो।

प्रकाशित: १० पुष २०८१ १६:०४ | Wednesday, December 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast