विद्यालय शिक्षा विधेयकमाथि निर्णायक छलफल भइरहेको छ : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस ५ पुष २०८१ ७:२६ | Friday, December 20, 2024
विद्यालय शिक्षा विधेयकमाथि निर्णायक छलफल भइरहेको छ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक-२०८० माथि निर्णायक छलफल भइरहेको बताउँदै अब टुंग्याउन लागिएको बताएकी छन्।

राजधानीमा २ पुसमा आयोजित अन्तरसंवादमा बोल्दै मन्त्री भट्टराईले शिक्षा मन्त्रालय र प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबीच सहमति र समन्वयमा काम भइरहेको बताइन्।

अन्तरसंवादमा उपस्थित सरोकारवालाले ‘शिक्षा ऐन कहिले आउँछ?’ भनेर सोधिएको प्रश्नको उत्तमा मन्त्री भट्टराईले ‘अब लामो प्रतिक्षा गर्न नपर्ने’ बताइन्।

उनले भनिन्, ‘समितिले निर्णायक ढंगले छलफल गरिरहेको छ। संसद्को आउने अधिवेशनमा पेस गर्ने प्रतिबद्धताका साथ काम गरिरहेको छ। मन्त्रालय र समितिबीचको सहमतिमा, समन्वयनमा राम्रोसँग काम गरिरहेका छौं। यहाँहरूलाई म विश्वास दिलाउन चाहन्छु, यहाँहरूले अब लामो प्रतिक्षा गर्नु पर्दैन किनकी यो प्रक्रियामा प्रवेश गरिसक्यो।’

प्रकाशित: ५ पुष २०८१ ७:२६ | Friday, December 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast