 
                             
                                            काठमाडौँ– नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अन्तर्राष्ट्रिय शिक्षक तथा शिक्षाकर्मीहरूको संगठन एजुकेशन इन्टरनेशनल (ईआई) को सदस्य भएको छ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरू अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिनिधित्व गर्ने उद्देश्यले सदस्य भएको परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए।
परिषद्ले यही मंसिर २१ गतेदेखि ईआईको सदस्य भएको अध्यक्ष तिवारीले जानकारी दिए।
ईआईले शिक्षक, कर्मचारी तथा सार्वजनिक शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ।
                            प्रकाशित: २५ मंसिर  २०८१ १५:५९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 