वन्यजन्तुलाई पानी पिउन वनभित्र पोखरी निर्माण

हिमाल प्रेस २८ मंसिर २०८१ १२:१२ | Friday, December 13, 2024
वन्यजन्तुलाई पानी पिउन वनभित्र पोखरी निर्माण प्रतिनिधिमूलक तस्बिर

कञ्चनपुर- वन्यजन्तुलाई पानी पिउनका लागि शुक्लाफाँटा नगरपालिका-२का सामुदायिक वनभित्र तीनवटा कृत्रिम पोखरी निर्माण गरिएका छन्।

सुनदेवी उपभोक्ता समितिले तराई भूपरिधि कार्यक्रम (ताल) को तीन लाख सहयोगमा वातावरण मध्यवर्ती सामुदायिक वनमा दुई र नागेश्वर मध्यवर्ती सामुदायिक वनभित्र एक गरी तीनवटा कृत्रिम पोखरी निर्माण गरेका हुन्।

पोखरीमा बाह्रै महिना पानीको व्यवस्था मिलाउन ‘बोरिङ’ जडान गरिएका छन्। निर्माण गरिएका तीनवटै पोखरी ८० हजार लिटर क्षमताका छन्।

निर्माण गरिएका पोखरीबाट वन्जयजन्तुलाई सुख्खायाममा पानी पिउन सहज भएको वन उपभोक्ता भरतबहादुर विष्टले बताए। पानीको व्यवस्था गरेपछि विगतमा झैँ पानीको खोजी गर्दै बस्तीसम्म जंगली जनावर आउने क्रम रोकिएको विष्टको भनाइ छ।

पोखरी निर्माणले सामुदायिक वनभित्र जंगली जनावरको आवतजावत बढेको नागेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जयबहादुर ऐरले बताए। ‘सुख्खायाममा सामुदायिक वनभित्र पिउने पानी व्यवस्था नहुँदा विगतमा थोरै मात्रै जनावर देखा पर्ने गरेका थिए।’

प्रकाशित: २८ मंसिर २०८१ १२:१२ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast