लीलावल्लभ अधिकारी
काठमाडौँ- पूर्वमन्त्री एवं नेकपा एमाले नेता लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकीलविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुने भएको छ।
यसअघि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेका थिए।
मानव तस्करी गरी जापान पठाएको अभियोगमा अधिकारी पक्राउ परेका थिए। तर उनलाई अनुसन्धान गर्न नपर्ने जिकिर गर्दै सरकारी वकील कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो।
उक्त निर्णय बदर हुनुपर्ने र पुनः अभियोग पत्र दायर गर्नु भनी आदेश माग गरेर त्रिपाठी सर्वोच्च पुगेका थिए।
प्रकाशित: २३ मंसिर २०८१ ८:०५ | Sunday, December 8, 2024
प्रतिक्रिया




