 
                             
                                            त्रिपोली- गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले सोमबार जनाएको छ।
आईओएमले ८ देखि १४ डिसेम्बरसम्म ४९९ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको र २९ आप्रवासी बेपत्ता भएको जानकारी दिएको छ।
यो वर्ष हालसम्म २१ हजार ३४३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ जुन गत वर्षको तुलनामा चार हजार बढी हो। आईओएमले यस वर्ष लिबिया र अन्य देशहरूबाट आएकाहरू सहित मध्य भूमध्यसागर मार्गमा ६३५ जनाको मृत्यु र ९८२ हराएका आप्रवासीहरू रेकर्ड गरेको छ।
सन् २०११ देखि धेरै आप्रवासीहरूले लिबियाबाट भूमध्यसागर पार गर्न युरोपेली किनारहरू छनौट गरेका छन्।
                            प्रकाशित: २ पुष  २०८१ १८:१३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 