रैथाने बाली विकासमा मन्त्रालयले काम गरिरहेको छ : कृषिमन्त्री अधिकारी

हिमाल प्रेस ५ पुष २०८१ १३:२५ | Friday, December 20, 2024
रैथाने बाली विकासमा मन्त्रालयले काम गरिरहेको छ : कृषिमन्त्री अधिकारी

काठमाडौँ- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले रैथाने बाली विकासका लागि मन्त्रालय लागिपरेको बताएका छन्। शुक्रबार अनाज संस्थाले आयोजना गरेको कोदो समाचार लेखन तथा सर्वाेत्कृष्ट पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले समय परिवर्तनसँगै रैथाने बाली मानिसहरूको प्राथमिकतामा पर्दै गएको उनको भनाइ छ।

मन्त्री अधिकारीले रैथाने खाना पछिल्लो पुस्ताले भुल्दै गएको भए पनि स्वास्थ्यलाई मध्यनजर गर्दै रैथाने बालीप्रति मानिसहरूको रुचि बढ्दै गएको उल्लेख गरे। मन्त्री अधिकारीले रैथानेबाली बढाउनका लागि मन्त्रालय सधैँ सचेत रहेको पनि बताए। कार्यक्रममा कोदो समाचार लेखनमा उत्कृष्ट ६ जना पत्रकारलाई कोदो समाचार लेखन तथा सर्वाेत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको थियो ।

प्रकाशित: ५ पुष २०८१ १३:२५ | Friday, December 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast