रुसले तालिबानलाई ‘आतंकवादी’ सूचीबाट हटाउने

हिमाल प्रेस २ पुष २०८१ २१:२८ | Tuesday, December 17, 2024
रुसले तालिबानलाई ‘आतंकवादी’ सूचीबाट हटाउने तालिवान सरकारका अधिकारीहरू। फाइल तस्बिर

मस्को (रासस/एएफपी)- रुसको संसद्ले म‌ंगलबार एउटा विधेयकलाई अनुमोदन गरेको छ। उक्त विधेयकले मस्कोलाई तालिबानलाई प्रतिबन्धित ‘आतंकवादी’ संगठनको सूचीबाट हटाउने बाटो खोल्न सक्छ।

सन् २०२१ को तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि मस्कोले तालिबानसँग सम्बन्ध कायम गर्न थालेको हो। त्यसबेलादेखि अधिकारीहरूले इस्लामवादी समूहलाई मस्कोको प्रतिबन्धित ‘आतंकवादी’ समूहहरूको सूचीबाट हटाउन दबाब दिइरहेका छन्।

तल्लो सदन डुमाले सम्भावित भविष्यको निर्णयका लागि आवश्यक कानुनी ढाँचा राखेर समूहहरूलाई कानूनी रूपमा सूचीबाट हटाउनका लागि संयन्त्रको रूपरेखा प्रस्तुत गर्ने एउटा विधेयक पारित गरेको छ।

रूसको माथिल्लो सदन फेडरेसन परिषद्ले शुक्रबार विधेयकमाथि विचार गर्नेछ। त्यसपछि राष्ट्रपति भ्लादिमिर पुटिनले कानुन बनाउन हस्ताक्षर गर्नेछन्। गत महिना काबुलको भ्रमणमा शीर्ष रूसी सुरक्षा अधिकारीहरूले आफ्ना अफगान समकक्षीहरूलाई मस्कोले चाँडै तालिबानलाई प्रतिबन्धित संगठनहरूको सूचीबाट हटाउने बताएका थिए।

प्रकाशित: २ पुष २०८१ २१:२८ | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast