रियालिटी सो ‘एक्टिङ स्टार’ हुँदै, निर्णायकमा को को छन्?

हिमाल प्रेस २८ मंसिर २०८१ १०:५४ | Friday, December 13, 2024
रियालिटी सो ‘एक्टिङ स्टार’ हुँदै, निर्णायकमा को को छन्?

काठमाडौँ- अभिनयमा आधारित रियालिटी सो ‘एक्टिङ स्टार’ हुने भएको छ। पोस्टर सार्वजनिक गर्दै टिमले सो को घोषणा गरेका हुन्।

अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले सो ल्याउन लागेको निर्माण संस्थाले जनाएको छ। विशाल भण्डारीले निर्देशन गर्ने सो एपिवान टिभीमार्फत प्रसारण हुनेछ।

संस्थाका अनुसार सो काे निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता निर शाह, अनुप बराल र अभिनेत्री ऋचा शर्मा रहने छन्। निर्देशक तथा अभिनेता शाह पहिलाेपटक निर्णायक बनेका छन्। अनुप द पाेएट आइडलकाे निर्णायक थिए। भने अभिनेत्री ऋचा  कमेडी च्याम्पियनकाे निर्णायककाे भूमिकामा देखिसेकेकी छन्।

आयोजकले केहि महिनाअघि डिजिटल अडिसनको आव्हान गरेको थियो। डिजिटल अडिसनमार्फत हालसम्म हजारभन्दा बढी सहभागिता भएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जनाएको छ। साे मा बालक, युवा साथै बृद्दहरुको समेत रुची देखिएको निर्माण टिमले बताएकाे छ।

टिमका अनुसार डिजिटल अडिसनबाट छनोटमा पर्न सफल व्यक्तिलाई उनीहरुकै स्थानमा पुगेर प्रमाण पत्र प्रदान गर्नेछ। सो को विजेताले नगद पुरस्कार राशी सहित फिचर फिल्ममा काम गर्ने अवसर पाउने छन्।

प्रकाशित: २८ मंसिर २०८१ १०:५४ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast