राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं तीन लाख घुससहित पक्राउ

हिमाल प्रेस १४ पुष २०८१ २०:२० | Sunday, December 29, 2024
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं तीन लाख घुससहित पक्राउ

काठमाडौँ- राष्ट्रिय किताब खाना काठमाडौँका शाखा अधिकृत धनेश्वर प्रसाईं घुससहित पक्राउ गरेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालको टोलीलाई प्रसाईंलाई तीन लाख घुस रकमसहित पक्राउ गरेको हो।

पेन्सनपट्टा बनाइदिने भन्दै उनले सेवाग्रहीसँग तीन लाख घुस मागेका थिए।

सेवाग्रहीबाट तीन लाख घुस रकम लिइरहेको अवस्थामा प्रसाईंलाई कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

अख्तियारको नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको घिमिरेले बताए।

प्रकाशित: १४ पुष २०८१ २०:२० | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast