राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त

हिमाल प्रेस २८ मंसिर २०८१ १२:३८ | Friday, December 13, 2024
राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका लागि राजदूत नियुक्त गरेका छन्। बेल्जियम, पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार बेल्जियमका लागि सेवा लम्साल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा.कपिलमान श्रेष्ठ र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत नियुक्त गरिएको छ।

प्रकाशित: २८ मंसिर २०८१ १२:३८ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast