राजेश हमालको कमब्याक फिल्म नयाँ वर्षमा

हिमाल प्रेस ११ पुष २०८१ १६:१९ | Thursday, December 26, 2024
राजेश हमालको कमब्याक फिल्म नयाँ वर्षमा

काठमाडौँ- अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’ नयाँ वर्षको अवसरमा चैत २९ मा प्रदर्शन हुने भएको छ। अभिनेता हमाल ८ वर्षपछि फिल्ममा देखिँदैछन्। यसअघि उनले महानायककाे छवि बनाएका थिए।

फिल्मका निर्देशक दिवाकर भट्टराई हुन्। फिल्म एक्सन तथा सोसल ड्रामा जनरामा बनेको छ। फिल्ममा राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, सरोज खनाल, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाहलगायत कलाकारको अभिनय रहनेछ। क्रिएटिभ सिने आर्ट ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, दीपक ढकाल शर्मा छन्।

नरसिंहा भगवान बिष्णुको उग्र अवतार हो। नरसिंह रूप भगवान बिष्णुको दश अवतार मध्ये चौथो अवतार हो। दैत्यराज हिरण्यकश्यपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उद्दारका लागि विष्णु भगवानले नरसिंहा अवतार धारण गर्नुपरेको थियो।

यसअघि चैत २९  मा सौरभ चौधरी निर्देशित ‘कर्मा’ र कृषा चौलागाईंको निर्देशनमा बनेको ‘पिताम्बर’ पनि प्रदर्शन हुने घोषणा भइसकेको छ।

प्रकाशित: ११ पुष २०८१ १६:१९ | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast