कास्की प्रहरीको हिरासतमा रवि लामिछाने भनेर दाबी गरिएको तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन्।
आइतबार बेलुका भुसाललाई काठमाडौँको थलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको उनले आफै स्वीकार गरेका थिए।
प्रकाशित: ८ पुष २०८१ ६:१६ | Monday, December 23, 2024
प्रतिक्रिया



