यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

हिमाल प्रेस १ पुष २०८१ १७:४१ | Monday, December 16, 2024
यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ- सरकारले एसियाली विकास बैंक (एडीबी) बाट ८५ मिलियन अमेरिकी डलर (करिब ११ अर्ब ५५ करोड रूपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मंसिर २७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सोमबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले यस्तो जानकारी दिएका हुन्।

त्यस्तै सत्य निश्रपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानुन आयोगको सचिव र नेपाल कानुन आयोगका सचिव पराश्चर ढुंगानालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय भएको गुरुङले बताए।

यससँगै बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको थाइल्याण्ड भ्रमण स्वीकृत गरेको छ। पुस २ र ३ गते थाइल्याण्डको बैंककमा आयोजना हुने एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तीय सहयोगसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा सहभागिताका लागि अर्थमन्त्री पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय भएको हो।

बैठकमा सहभागी हुन अर्थमन्त्री पौडेल सोमबार थाइल्याण्ड प्रस्थान गरेका छन्।

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू :

 

प्रकाशित: १ पुष २०८१ १७:४१ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast