मेलबर्न टेस्ट : भारतविरूद्ध अस्ट्रेलियाको ३३३ रनको अग्रता

हिमाल प्रेस १४ पुष २०८१ १४:४३ | Sunday, December 29, 2024
मेलबर्न टेस्ट : भारतविरूद्ध अस्ट्रेलियाको ३३३ रनको अग्रता

काठमाडौँ- अस्ट्रेलियाको मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीको चौथौँ टेस्टमा चाथौँ दिनको खेल सकिँदासम्म अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २२८ रन बनाएको छ।

अस्ट्रेलियाका तर्फबाट नाथन लायन र स्कौट बोलैन्ड नटआउट रहेर क्रिजमा छन्। चौथौं दिनको खेल सकिँदासम्म अस्ट्रेलियाले ३३३ रनको अग्रता कायम गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा ४७४ रन बनाएको थियो। भारतले भने पहिलो इनिङमा ३६९ रन बनाएर अलआउट भयो।

भारतको तर्फबाट ब्याटिङ गर्दै नीतिश रेड्डीले आफ्नो पहिलो टेस्ट सतक लगाए। उनले ११४ रन बनाएका थिए।

भारतका लागि जसप्रित बुमराहले दोस्रो इनिङमा चार विकेट लिए। योसँगै बुमराह टेस्ट क्रिकेटमा सबैभन्दा छिटो दुई सय विकेट लिने भारतको पहिलो बलर बनेका छन्।
अस्ट्रेलियाका लागि मार्नस लाबुसेनले दोस्रो इनिङमा सर्वाधिक ७० रन जोडे।

प्रकाशित: १४ पुष २०८१ १४:४३ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast