माघ १२ गतेभित्र एसईई फाराम भर्न बोर्डको आग्रह

हिमाल प्रेस १२ पुष २०८१ १०:२९ | Friday, December 27, 2024
माघ १२ गतेभित्र एसईई फाराम भर्न बोर्डको आग्रह

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८१ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा समावेश हुनका लागि परीक्षा आवेदन फाराम भर्न भराउन विद्यालयहरूलाई आग्रह गरेको छ। बोर्डले आज एक सार्वजनिक सूचनामार्फत फाराम भर्न आग्रह गरेको हो।

कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू समेत) यही पुस १२ देखि माघ १२ गतेभित्र फाराम भर्न भराउन आग्रह गरिएको छ।

फारामसहित प्रतिपरीक्षार्थी परीक्षा दस्तुर ५०० रुपैयाँ लाग्ने बोर्डले सूचनामा उल्लेख गरेको छ।

यस्ताे छ सूचना

प्रकाशित: १२ पुष २०८१ १०:२९ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast