मध्यपुरले संस्कृतिलाई नासिन दिने छैन : मन्त्री पाण्डे

हिमाल प्रेस १४ पुष २०८१ २०:०४ | Sunday, December 29, 2024
मध्यपुरले संस्कृतिलाई नासिन दिने  छैन : मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मध्यपुर थिमि नगरपालीकाले संस्कृतिलाई कहिलै नासिन नदिने विश्वास व्यक्त गरेका छन्।

मध्यपुर थिमी नगरपालीकाले आयोजन गरेको मध्यपुर महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै उनले मध्यपुर थिमी नगरपालीकाले संस्कृतिलाई कहिलै नासिन नदिने बताए।

महोत्सवको अवलोकन गर्दै मन्त्री पाण्डेले देश भर गरिने महोत्सवहरुले पनि यो महोत्सवबाट सिक्नु पर्ने उल्लेख गरे। भौगोलिक रुपमा सानो नगरपालिका भए पनि यो नगरले विशाल संस्कृतिको संरक्षण गरेको उनको भनाइ थियो।

पाण्डेले महोत्सवमा प्रस्तुत गरिएका हरेक कुरालाई हेर्दा यो महोत्सव नभएर खुला संग्रहालयको रूपमा रहेको समेत उल्लेख गरे। यस्तै मन्त्री पाण्डेले हाम्रो संस्कृति र जीवनपद्धति कसरी हुर्काएका थिए भन्ने समेत यो महोत्सवले प्रष्ट पारेको उनको भनाइ थियो।

तीन दिनसम्म सञ्चालन भएको महोत्सवा पाँच लाख भन्दा बढीले अवलोकन गरेको मध्यपुर थिमी नगरपालिकाले जनाएको छ। महोत्सवमा स्थानीय उत्पादनमात्र प्रदर्शन तथा बिक्री वितरण गरिएको थियो।

प्रकाशित: १४ पुष २०८१ २०:०४ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast