मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए, तीनजना प्रहरी नियन्त्रणमा

हिमाल प्रेस २८ मंसिर २०८१ १८:०५ | Friday, December 13, 2024
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए, तीनजना प्रहरी नियन्त्रणमा

मकवानपुर- राक्सिराङ गाउँपालिका-५ इन्चराङस्थित काँकडा जाने भित्री सडकखण्डमा आज एक युवकको शव भेटिएको छ।

उक्त शव मकवानपुरको राक्सिराङ गाउँपालिका-८ शिखरपुर ठेगाना भई हाल बाराको जितपुर-सिमरा उपमहानगरपालिका-२२ बस्ने २१ वर्षीय समिर सुनारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार मृतकको भिनाजु नाता पर्ने मिलन घतानेले शवको सनाखत गरेका हुन्। प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको छ।

सुनारको शव हाल हेटौँडा अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।

प्रकाशित: २८ मंसिर २०८१ १८:०५ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast