भ्वाइस अफ नेपाल-६ काे प्रोमो सार्वजनिक, काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना

हिमाल प्रेस ८ पुष २०८१ १४:५८ | Monday, December 23, 2024
भ्वाइस अफ नेपाल-६ काे प्रोमो सार्वजनिक, काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना

काठमाडौँ- गायनमा आधारित चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को छैटौं सिजन सुरु हुँदैछ। प्रोमो सार्वजनिक गर्दै यही पुसको तेस्रो सातादेखि सो सुरु हुने आयोजकले जनाएको छ।

यसपटक कोचबाट गायक प्रमोद खरेल बाहिरिएका छन्। उनी पहिलो सिजनदेखि नै कोचका रुपमा जाेडिरहेका थिए। प्रमोदकै कार्य व्यस्तताले यस सिजनमा उनी सहभागी हुन नसकेको सो का निर्देशक लक्ष्मण पौडेलले बताए।

‘हामीले हरेक सिजनमा नयाँ कोचसँग एग्रिमेन्ट गर्छौँ।’ उनले भने। ‘यसपटक पनि उहाँलाई एप्रोज गरेका थियौँ। उहाँका कमिटमेन्टहरु धेरै थिए। उहाँकै लागि भनेर केही समय परिवर्तन पनि गर्यौँ तरपनि उहाँको समय मिलेन।’

छैटौं सिजनमा भित्रिएका छन् लोक गायक खेम सेञ्चुरी र मेलिना राई। ‘भ्वाइस अफ किड्स’ की कोच मेलिना राई भ्वाइस अफ नेपालमा जाेडिएकी छन्। साथै सिजन ५ बाट बाहिरिएका कोच राजु लामा पनि पुनः जोडिएका छन्। त्यस्तै पाँचौँ सिजनमा भित्रिएका गायक उदय सोताङ दोहोरिएका छन्। यसपटक कोचमा राजु लामा, खेम सेञ्चुरी, मेलिना राई र उदय सोताङ देखिनेछन्।

चौथो र र पाँचौं सिजनमा भित्रिएका कोच राजेश पायल राई र मिलन नेवार पनि बाहिरिएकी छन्।

याे सिजनमा डिजिटल अडिसनमा सहभागी मध्येबाट १ सय २० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी छन्। ब्लाइन्ड अडिसनबाट छानिएका ६४ प्रतिभा ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन्।

भ्वाइस अफ नेपाल १६ देखि ४० वर्ष उमेर समूहका नेपाली गीतमा प्रतिस्पर्धा गर्न सक्ने सांगीतिक प्लेटफर्म हो।  पहिलाे सिजनदेखि नै सो को उद्घोष सुशील नेपालले गर्दै आएका छन्।

यस्ताे छ प्रोमो 

प्रकाशित: ८ पुष २०८१ १४:५८ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast