 तस्बिर : एफपी।
                             तस्बिर : एफपी।
                                            काठमाडौँ- भारतका पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टी सम्पन्न भएको छ। नयाँदिल्लीको निगमबोध घाटमा सिंहको अन्त्येष्टी सम्पन्न भएको हो। सिंहको पार्थिव शरीरलाई उनको निवासबाट कांग्रेस मुख्यालय र त्यहाँबाट दिल्लीस्थित निगमबोध घाट लगिएको थियो।
अन्त्येष्टीमा राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, केन्द्रीयमन्त्री जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंह, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, कांग्रेसका पूर्वअध्यक्ष सोनिया गान्धी, राहुल गान्धी, प्रियंका गान्धीलगायतका नेताहरू उपस्थित भएका थिए।
त्यस्तै सिंहलाई श्रद्धाञ्जली दिन भुटानका राजा जिग्मे खेसर नामग्येल वांगचुक पनि निगमबोध घाट पुगेका थिए। ९२ वर्षीय सिंहको बिहीबार दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको थियो।
भारत सरकारले उनको निधनप्रति शोक व्यक्त गर्न सात दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ। कांग्रेसले सात दिनका लागि पार्टीको सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 