बेसारमा कनिका मिसेर बिक्री

हिमाल प्रेस ४ पुष २०८१ १५:२० | Thursday, December 19, 2024
बेसारमा कनिका मिसेर बिक्री

इटहरी- मिलमा गुणस्तरहीन चामलको कनिका मिसेको पाइएको छ। इटहरी ८ मान रहेको मेघा कुटानी पिसानी उद्योगमा गुणस्तरहीन बेसारको उत्पादन गर्दै आएको पाइएको हो। अनुगमनको क्रममा सो कुरा खुलेपछि मिल सञ्चालकलाई इटहरी उपमहानगरपालिकाले ५० हजार रुपैयाँ जरिबाना तिराएको छ।

उपभोक्ता हित संरक्षण शाखा इटहरीको अनुगमन टोलीको अनुगमन गर्ने क्रममा बेसारमा गुणस्तरहीन चामलको कनिका मिसाएर पिस्दै गरेको रङ्गेहात फेला पारेको थियो।

अनुगमन टोलीले तत्काल मिल बन्द गराएर मिसावट गरिएको पिस्दै गरेको र पिस्न तयार पारेको एक सय ८० किलो बेसार बरामद गरेको हो। अनुगमन टोलीले उद्योगमा ताला लगाएको हो।

इटहरी उपमहानगरपालिकाकी खाद्य निरीक्षक अनु अर्यालका अनुसार मिसावट गरेर बेच्नु गैरकानुनी कार्य हो। अनुगमनको क्रममा गुणस्तरहीन चामलको कनिका मिसाएर बेसार तयार गरेको पाइएपछि जरिबाना र तालाबन्दी गरिएको उनले बताइन्। उनकाअनुसार मिल सञ्चालकले जरिबाना रकम तिरिसकेको छ।

जरिबाना रकम तिरेपछि उद्योगमा लगाएको ताला खोलिएको उपमहानगरले जनाएको छ।

प्रकाशित: ४ पुष २०८१ १५:२० | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast