 बुद्ध एयर
                             बुद्ध एयर
                                            काठमाडौँ– बुद्ध एयरले शुक्रबार १९ औं एटीआर जहाज भित्र्याएको छ। बुद्धले थपेको नयाँ जहाज एटीआर–७२ हो।
योसँगै एटीआर–७२ जहाजको संख्या १६ पुगेको छ। नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याइने बुद्ध एयरले जनाएको छ।
बुद्ध एयरले कल साईन नाईन–एओजी जहाज फ्रान्सको एटीआर कम्पनी, तुलुसबाट भित्र्याएको छ।
बुद्ध एयरसँग ३ वटा एटीआर–४२–३२० र १६ वटा एटीआर–७२–५०० जहाजहरु रहेका छन्। बुद्ध एयरले केही समयअगाडी मात्रै एउटा एटीआर–४२–३२० जहाजलाई उडानबाट बिदाइ गरेको थियो। त्यो जहाजको डिरजिष्ट्रेसन प्रक्रियामा रहेको छ।
हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धताअनुरुप बुद्ध एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको हो। ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्नेछन्,’ बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने, ‘हामी उडान तालिकालाई बढीभन्दा बढीप्रभावकारिकाताका साथ सञ्चालन गर्न प्रतिवद्ध रहेका छौं।’
थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोग पुग्ने बुद्ध एयरले जनाएको छ।
बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ। अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन उडान भरिरहेको छ। यसैगरि पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जका लागि पनि बुद्ध एयरले उडान पनि भरिरहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 