बसिरको अर्धशतकमा विराटनगर किंग्सले दियो चितवन राइनोजलाई १८१ रनको लक्ष्य

हिमाल प्रेस २८ मंसिर २०८१ १४:५४ | Friday, December 13, 2024
बसिरको अर्धशतकमा विराटनगर किंग्सले दियो चितवन राइनोजलाई १८१ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई १८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ।

शुक्रबार टीयु क्रिकेट मैदान कीर्तिपुरमा भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको लक्ष्य तयार गरेको हो।

विराटनगरका लागि बसिर अहमदले सर्वाधिक ६८ रन जोडे। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। प्रतियोगिताको उनको याे पहिलाे अर्धशतक हाे।

पाँचौ विकेटका लागि ओपनर मार्टिन गप्टिल र अहमदले ६५ रनको साझेदारी गरे। गप्टिलले ३५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४५ रन बनाउँदै उनी कुशल मल्लको बलमा बोल्ड आउट भए।

राजेश पुलामी मगर बलमा नट आउट रन बनाए। उनले बलमा चौका र छक्का प्रहार गरे। छटाैं ओभरका लागि अहमद र राजेश पुलामीले ८३ रनको साझेदारी गरे। राजेशले २० बलमा नट आउट ३३ रन जोडे। विराटनगरले अतिरिक्तमा २३ रन पाएको थियो। विराटनगरले पछिल्लो ५ ओभरमा ७४ रन बनाएको थियो।

चितवनका लागि रिजन ढकालले २ तथा बासिल हमिद, कुशल मल्ल र सोहेल तन्भिरले समान १ विकेट लिए।

५ खेलमा ३ जित र २ हारका साथ चितवन अंक तालिकाको तेस्रो स्थानमा छ। यो खेलमा पनि जित निकालेर प्लेअफ सम्भावना बलियो बनाउँने लक्ष्यमा चितवन रहेको छ। ५ खेलमा ४ मा हार र १ मा जितका साथ विराटनगर तालिकाको पुछारमा छ।

यो खेलमा जित हात पार्दै विराटनगर प्लेअफको झिनो सम्भावना कायमै राख्न चाहान्छ।

आज बिहान भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ५ रनको रोमाञ्चक जित हात पारेको थियो।

प्रकाशित: २८ मंसिर २०८१ १४:५४ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast