बलिदानी सहकारीका कर्जा अधिकृत पक्राउ

हिमाल प्रेस ९ पुष २०८१ २०:१८ | Tuesday, December 24, 2024
बलिदानी सहकारीका कर्जा अधिकृत पक्राउ

पोखरा- पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्था लि.को बचत रकम अपचलन अभियोगमा कर्जा अधिकृत पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा–८, आलुमाइला चोक निवासी २७ वर्षीय नवीन भण्डारी हुन्। उनी सहकारीको ऋण उपसमिति सदस्य एवम् कर्जा अधिकृतरूपमा कार्यरत थिए।

उनलाई कास्की प्रहरीले सोमबार पोखरा ९, पृथ्वीचोकबाट पक्राउ गरेको हो। उनलाई अदालतमा मुद्दाको अभियोगपत्र माग दाबी अनुसार मंगलबार अदालत उपस्थित गराइएको थियो।

भण्डारीले सहकारीको बचत रकम सहकारी ऐन, नियमावली तथा संस्थाको नियमविपरीत हिनामिना एवम् अपचलन गरी ठगी गरेको कसूर रहेको डीएसपी वसन्तकुमार शर्माले बताए। उनी हालसम्म फरार थिए।

प्रकाशित: ९ पुष २०८१ २०:१८ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast