फेरि उकालोतर्फ सुनको मूल्य

हिमाल प्रेस ७ पुष २०८१ १०:४९ | Sunday, December 22, 2024
फेरि उकालोतर्फ सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा आज (आइतबार) सुनको भाउ बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

यसदिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ७ पुष २०८१ १०:४९ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast