 
                             
                                            काठमाडौँ- अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको फिल्म ‘ममी’ आगामी माघ २५ प्रदर्शन हुने भएको छ। निर्माण टिमले थिम पोस्टर सार्वजनिक गर्दै माघ २५ लाई प्रदर्शन मिति घोषणा गरेको हो।
पोस्टरमा ठुलो रुखको फेदमा घर देखिन्छ। अभिनेत्री प्रियंका र दीयालाई सोही रुखको आकारमा प्रस्तुत गरिएको छ। पोस्टरमा प्रियंका गम्भिर भावमा प्रस्तुत छिन् भने दीयाको रगताम्य अनुहारसहित डरलाग्दो अवतार देख्न सकिन्छ।
निर्माण टिमका अनुसार हरर, फ्यामिली ड्रामा जनरामा बनेको फिल्मले एक परिवारमा छोरी र कुकुरको निधनपछि आउने विपत्तिलाई दखाउने छ।
फिल्ममा अन्य कलाकार सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाललगायतको अभिनय छ। फिल्मका लेखक तथा निर्देशक समर निरौला हुन्। यो उनको डेब्यु निर्देशन हो।
एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता लोक राज जोशी र पूर्णिमा जोशी हुन्। सुमन कोइराला कार्यकारी निर्माता रहेको फिल्म निसल पौडेल र शरद महतोले छायांकन गरेका छन्। फिल्म काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीब्युसनले वितरण गर्दैछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 