प्रधानसेनापति सिग्देल भारत प्रस्थान

हिमाल प्रेस २५ मंसिर २०८१ २०:३८ | Tuesday, December 10, 2024
प्रधानसेनापति सिग्देल भारत प्रस्थान

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन्। भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल आज नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन्।

उनले यही मंसिर २६ गतेदेखि मंसिर २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

प्रधानसेनापति सिग्देल सैनिक श्रीमती संघकी अध्यक्ष तथा उनकी धर्मपत्नी नीता क्षेत्री सिग्देल सम्मिलित ९ सदस्यीय भ्रमण दलसहित भारत प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देललाई मंसिर २७ गते भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै भ्रमणका क्रममा भारतका उच्चपदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ। प्रधान सेनापतिसहितको भ्रमण दल यही मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ।

प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीपजंग केसीलाई कायममुकायम प्रधान सेनापतिको कार्यभार दिइएको छ।

प्रकाशित: २५ मंसिर २०८१ २०:३८ | Tuesday, December 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast