प्रधानमन्त्रीसमक्ष ३ विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

हिमाल प्रेस १२ पुष २०८१ १४:०६ | Friday, December 27, 2024
प्रधानमन्त्रीसमक्ष ३ विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीनवटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाको शपथ लिएका छन्।

प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना गरे। सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए।

प्रकाशित: १२ पुष २०८१ १४:०६ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast