 फाइल तस्बिर
                             फाइल तस्बिर 
                                            काठमाडौँ- नेपाल समाजवादी पार्टी, नयाँ शक्ति (नेसपा नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले जारी उपचुनावबारे नेकपा माओवादी केन्द्रका कार्यकर्ताले नेसपा नयाँ शक्तिको लेटरहेड दुरुपयोग गरेर भ्रम छरेको बताएका छन्।
अध्यक्ष भट्टराईले आज फेसबुकमा लेखेका छन्, ‘प्रचण्डपन्थीका केही बुख्याँचाहरूले हाम्रो पार्टीको लेटरहेड दुरूपयोग गरेर कीर्तिपुरमा अझै पनि भ्रम छरिरहेकाले त्यसतर्फ तुरून्त निर्वाचन आयोगको ध्यान पुगोस्। हाम्रा उम्मेदवार कायम छन्।’
नेसपा नयाँ शक्तिले कीर्तिपुरको मेयर पदमा दिलकुमार महर्जनलाई उम्मेदवार बनाएको छ।

                            प्रकाशित: १६ मंसिर  २०८१ ११:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 