पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ

हिमाल प्रेस २८ मंसिर २०८१ ७:२९ | Friday, December 13, 2024
पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ

काठमाडौँ- संघीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ।

संसदीय सुनुवाइ समितिले एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन अनुरोध गरेको छ।

समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ।

प्रकाशित: २८ मंसिर २०८१ ७:२९ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast