पुस १७ बाट सगरमाथा क्षेत्रमा हेलिकप्टरले व्यावसायिक उडान गर्न नपाउने

हिमाल प्रेस २६ मंसिर २०८१ २१:१६ | Wednesday, December 11, 2024
पुस १७ बाट सगरमाथा क्षेत्रमा हेलिकप्टरले व्यावसायिक उडान गर्न नपाउने सगरमाथाको आधार शिविर कालापत्थरमा अवतरण गरेको हेलिकप्टर। तस्बिरः अल्टिच्युट एयर

काठमाडौँ- सगरमाथा राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र व्यावसायिक हेलिकप्टर उडानमा पूर्णरूपमा रोक लगाएको छ। वन, वातावरण, वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा हेलिकप्टरको व्यावसायिक उडानमा रोक लगाइएको हो।

मंगलबार बसेको सगरमाथा राष्ट्रिय निकुञ्ज व्यवस्थापन समिति तथा खुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला संघसंस्थाको बैठकले पुस १७ गतेबाट हेलिकप्टरको व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको हो। निकुञ्जले हेलिकप्टर कम्पनीहरुलाई यसबारे परिपत्रसमेत गरेको छ।

यद्यपि पर्यटक तथा स्थानीयको उद्धार र मालसामान ढुवानीका लागि भने हेलिकप्टर उडानमा रोक लगाइएको छैन। यसबाहेकको अन्य व्यावसायिक उडान गरेमा कानुनअनुसार कारबाही गर्ने पनि परिपत्रमा उल्लेख छ। स्थानीय अशक्त, ज्येष्ठ नागरिक तथा अपांगताका लागि र कार्गो फ्लाइट गर्न निकुञ्जको अनुमति र सहमति लिनुपर्ने परिपत्रमा उल्लेख छ।

प्रकाशित: २६ मंसिर २०८१ २१:१६ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast