महिला यु-१९ एसिया कप

पाकिस्तानविरुद्ध नेपालको ऐतिहासिक जित

हिमाल प्रेस १ पुष २०८१ १५:०२ | Monday, December 16, 2024
पाकिस्तानविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ– नेपालले एसीसी महिला यु-१९ एसिया कपमा सोमबार पाकिस्तानविरुद्ध ६ विकेटको ऐतिहासिक जित दर्ता गरेको छ। नेपालले कुनै पनि स्तरमा पहिलो पटक पाकिस्तानलाई हराएको हो। मलेसियाको बायोमास क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १०५ रनको लक्ष्य नेपालले १९.१ ओभरमा चार विकेट गुमाउँदे पूरा गर्‍यो। जितसँगै नेपाल सेमिफाइनल पनि प्रवेश गरेको छ।

नेपालका लागि कप्तान पूजा महतोले ४७ बलमा तीन चौकाको मद्दतले अविजित ४७ रनको योगदान गरिन्। यसैगरी सोनी पाख्रिले १३, सिमान केसीले अविजित १२ र सान प्रविनले १० रन बनाए।

पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो।

पाकिस्तानका लागि कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३ र जोफिशान अयाजले १२ रन बनाए। नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए।

 

प्रकाशित: १ पुष २०८१ १५:०२ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast