पर्यटक तान्दै डम्फु पार्क

हिमाल प्रेस २६ मंसिर २०८१ ७:२४ | Wednesday, December 11, 2024
पर्यटक तान्दै डम्फु पार्क

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ।

सुनापति गाउँपालिका–४ बेथान र वडा नम्बर ३ हिलेदेवीको संगमस्थल सेल्फी डाँडामा निर्माण गरिएको डम्फु पार्कमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ।

पार्कभित्र निर्माण गरिएको डम्फु र टुङ्ना अनि यो पार्कबाट देखिने दृश्य अवलोकनका लागि पार्कमा मानिस आउने गरेका छन्।

लुभ-बेथान-हिलेदेवी-गाल्वा सडकअन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको पार्कमा अहिले फोटो खिच्ने, टिकटक बनाउने, पर्यटकीय गन्तव्य सैलुङ, दोलखाको गौरीशंकर हिमाललगायत क्षेत्रको दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको हो।

तामाङ समुदायको बाहुल्यता रहेको यो ठाउँमा सुनापति गाउँपालिकाले २१ लाख बजेट खर्च गरी तामाङ जातिको संस्कृति झल्किने गरी तीन वर्षअघि डम्फु पार्क निर्माण गरेको गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले बताए। उनले भने, ‘हामीले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले नै यो निर्माण गरेका हौँ।’

प्रकाशित: २६ मंसिर २०८१ ७:२४ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast