पत्रकार महासंघ स्याङ्जामा प्रदीप कोइराला निर्वाचित

हिमाल प्रेस २८ मंसिर २०८१ २०:५३ | Friday, December 13, 2024
पत्रकार महासंघ स्याङ्जामा प्रदीप कोइराला निर्वाचित

पोखरा- नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको अधिवेशनबाट अध्यक्षमा प्रदीप कोइराला निर्वाचित भएका छन्। उनले अध्यक्षकी प्रत्यासी प्रतीक्षा काफ्लेलाई पराजित गरेका हुन्।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार कोइरालाले ३४ मत प्राप्त गरे भने काफ्लेले १३ मत ल्याइन्।

कार्यसमिति उपाध्यक्षमा माधव गैरे, उपाध्यक्ष (महिला) साधना न्यौपाने, सचिव हरिप्रसाद सुवेदी ‘सुशील’, सहसचिव रमेश गोदार, सहसचिव (महिला) कला राना र कोषाध्यक्ष जोगराज पाठक निर्वाचित भए।

प्रकाशित: २८ मंसिर २०८१ २०:५३ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast