पत्रकार महासंघ तनहुँमा डीपी अधिकारी निर्वाचित

हिमाल प्रेस २८ मंसिर २०८१ २१:०२ | Friday, December 13, 2024
पत्रकार महासंघ तनहुँमा डीपी अधिकारी निर्वाचित

पोखरा- नेपाल पत्रकार महासंघ तनहुँमा धनपति अधिकारी (डीपी) निर्वाचित भएका छन्। अधिकारीले कुल खसेको मतको ३३ मत प्राप्त गरेका हुन्।

उनका प्रत्यासी नारायण खड्काले ११ मत ल्याए। डीपी प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार थिए। चुनावमा सोही गठबन्धनको प्यानल नै निर्वाचित भयो।

उपाध्यक्षमा प्रताप राना निर्वाचित भए। उनले ३० मत ल्याए। उनका प्रत्यासी सानेबहादुर नेपालीको ११ मत ल्याए। सचिवमा कृष्णचन्द्र न्यौपाने २६ मत ल्याउँदै निर्वाचित हुँदा उनका प्रत्यासी अस्मिता खनालले १६ मत ल्याइन्।

सहसचिवमा ऋषिकान्त दुवाडीले ३० मत ल्याएर निर्वाचित भए। विनोद ढुंगानाको १३ मत ल्याए। सदस्यमा क्रमशः विकास खनाल ४१ मत, विष्णु गौतम ३६ मत, उपेन्द्र खनाल ३५ मत र राजेश्वर हडख ३० मतका साथ निर्वाचित भएका छन्।

प्रकाशित: २८ मंसिर २०८१ २१:०२ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast