पत्रकार महासंघ कास्कीमा माधव बराल निर्वाचित

हिमाल प्रेस २९ मंसिर २०८१ ९:५२ | Saturday, December 14, 2024
पत्रकार महासंघ कास्कीमा माधव बराल निर्वाचित

पोखरा- नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा माधव बराल निर्वाचित भएका छन्।

उनले अध्यक्षका प्रत्यासी राजेन्द्र अधिकारीलाई मात्र ९ मतअन्तरले पराजित गर्दै आगामी ३ वर्षका लागि निर्वाचित भएका हुन्। जम्मा २२० मतमध्ये शुक्रबार भएको मतदानमा २०५ जनाले मतदान गरेको थिए। जसमा बरालको पक्षमा १०५ र अधिकारीको ९६ मत परेको हो।

बराल प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनबाट साझा उम्मेदवार थिए भने अधिकारी प्रेस सेन्टर र समाजवादी पत्रकारबाट चुनाव लडेका थिए। उपाध्यक्षमा माधवप्रसाद रेग्मी निर्वाचित भए। उनले ९० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ मत प्राप्त गरेका छन्। कमल पौडेल अथकले ३५ मत ल्याए।

उपाध्यक्ष (महिला) मा कन्चन थापा निर्वाचित भइन्। थापाले १०९ मत ल्याउँदा विना कुमारी थापाको ८७ मत आयो। सचिवमा भुपाल गुरुङ निर्वाचित भए। उनले १०२ ल्याउँदा सन्देश श्रेष्ठले ९८ मत ल्याएका छन्।

सहसचिव (समावेशी) मा धनबहादुर गुरुङ निर्वाचित भए। उनले १२६ मत ल्याउँदा उनका प्रतिस्पर्धी दिलप्रसाद गुरुङले ७२ मत ल्याए। सहसचिवमा ११८ मत ल्याउँदै मधु अधिकारी निर्वाचित भए। श्रीभद्र पौडेलले ८० मत ल्याए।

कोषाध्यक्षमा राजाराम पौडेल ११७ मतसहित विजयी भए। सुरेश अधिकारीले ८० मत ल्याए। सदस्य (महिला) मा कविता घर्तीमगर, सदस्य (दलित) मा सुरेश सुनार निर्वाचित भए। सदस्य (आदिवासी जनजाति) मा पुनम थापा मगर र अन्य समावेशीमा सूर्य परियार निर्विरोध भए।

९ खुल्ला सदस्यमा अर्जुन (सुशान्त) गाहा, गौरव त्रिपाठी, राजु गिरी, बालकुमारी पौडेल, सन्तोष सुवेदी, रिखिराम जि.सी., तुलसीराम सुवेदी, निराजन अधिकारी र पुष्पराज दाहाल निर्वाचित भए।

५ राष्ट्रिय परिषद् सदस्यमा आरजु विष्ट सल्यानी, दीननाथ बराल, कृष्णमणि बराल, भरत कोइराला र राजबहादुर गुरुङ निर्वाचित भए।

प्रकाशित: २९ मंसिर २०८१ ९:५२ | Saturday, December 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast