नेपाल कबड्डी लिग माघ ४ बाट

हिमाल प्रेस ७ पुष २०८१ १६:०४ | Sunday, December 22, 2024
नेपाल कबड्डी लिग माघ ४ बाट

काठमाडौँ- नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) आगामी माघ ४ देखि १९ गतेसम्म हुने भएको छ। आइतबार खेलाडी टक्सको नयाँ श्रृंखलामा उपस्थित भएका अखिल नेपाल कबड्डी संघ (अनेकस) का महासचिव अरविन्द झाले प्रतियोगिता माघको पहिलो साताबाट सुरु हुने जानकारी गराएका हुन्।

प्रतियोगिताको पहिलो संस्करणमा धनगढी वाइल्ड क्याट्स, विराटनगर ब्यानडिट्स, हिमालयन रेडर्स, जनकपुर नाईट्स, काठमाडौं म्याभरिक्स र पोखरा लेकर्स गरि ६ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुनेछ।

महासचिव झाले एनकेएलले नेपाली कबड्डीको स्तर माथि लैजाने प्रतिक्रिया दिए। उनले भने, ‘हामीले पहिलो पटक फ्रेन्चाइज प्रतियोगिता गर्दैछौँ। खेलाडीहरुले राम्रो पारिश्रमिक पाउँदै छन्। आउने २/३ वर्षमा नेपाली कबड्डी खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्नेछन्।’

त्यस्तै झाले एनकेएललाई आउने केही वर्षमै भारतीय प्रो कबड्डीकोस्तरमा लैजाने सोचमा रहेको पनि बताए। ‘जसरी भारतीय प्रो कबड्डी लिगले विश्वव्यापी चर्चा कमाएको छ। हाम्रो योजना पनि त्यही छ। हाम्रो यो पहिलो प्रयास हो। आउने दिनमा हामी एनकेएललाई भारतीय प्रो कबड्डीकै स्तरमा लैजनेछौं,’ झाले भने, ‘हामी कबड्डीलाई नेपालकै लोकप्रिय खेल बनाउनेछौँ।’

प्रकाशित: ७ पुष २०८१ १६:०४ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast