नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

हिमाल प्रेस २ पुष २०८१ १४:०६ | Tuesday, December 17, 2024
नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

काठमाडौँ- नेपालले एसिसी महिला यु-१९ एसिया कपको समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भारतसामू ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९४ रनको योगफल तयार पार्‍यो।

नेपालका लागि कप्तान पूजा महतोले २५ र अलिशाकुमारी यदावले अविजित २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। भारतका लागि परुनिका सिसोडियाले चार तथा मिथाली र आनन्दिताले समान एक विकेट लिए।

प्रकाशित: २ पुष २०८१ १४:०६ | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast