बढ्यो चिसो, घट्यो तापक्रम

हिमाल प्रेस ४ पुष २०८१ ७:३४ | Thursday, December 19, 2024
बढ्यो चिसो, घट्यो तापक्रम

काठमाडौँ- काठमाडौँको न्यूनतम तापक्रम बिहीबार केही घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान काठमाडौँमा ४.८ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको छ।

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस मापन भएको थियो। आज केही घटेर ४.८ पुगेको हो।

मौसमविदहरूले केही दिन तापक्रम र मौसम यही सेरोफेरोमा रहने बताएका छन्। राति आकाशमा बादल जम्मा हुँदा र कम हावा चल्दा न्यूनतम तापक्रम अघिल्लो दिनको भन्दा केही बढ्न सक्ने उनीहरूले बताएका छन्।

प्रकाशित: ४ पुष २०८१ ७:३४ | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast