नयाँ वैकल्पिक शक्तिलाई बिरुवासँग तुलना गर्दै बाबुरामले भने : हुर्कन र बढ्न समय लाग्छ

हिमाल प्रेस २७ मंसिर २०८१ ९:४८ | Thursday, December 12, 2024
नयाँ वैकल्पिक शक्तिलाई बिरुवासँग तुलना गर्दै बाबुरामले भने : हुर्कन र बढ्न समय लाग्छ

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पाटी (नयाँ शक्ति) का संयोजक डा.बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणदेखि हालसम्मको राजनीतिक यात्रालाई गम्भीर समीक्षा गरेको बताएका छन्। २०७३ साल जेठ ३० गते दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टी घोषणा गरेका उनल नेपाली राजनीतिमा नयाँ वैकल्पिक शक्तिको उदय भएको बताएका थिए।

त्यसबिचमा विभिन्न पार्टीसँग एकता र विभाजन गरेका बाबुरामले अहिले नयाँ वैकल्पिक शक्तिलाई बिरुवासँग तुलना गर्दै हुर्कन र बढ्न समय लाग्ने बताएका हुन्। सात वर्ष अघिको नयाँ वैकल्पिक शक्तिबारे आफ्नो भनाइ बिहीबार फेसबुकमा सेअर गर्दै बाबुरामले भने,‘यो भनाइ गम्भीर आत्मसमीक्षासहित पुनः प्रस्तुत गरेकोछु। पछिल्ला घटनाक्रमहरूले यसलाई अरू पुष्टि गरेका छन्। नयाँ शक्ति अभियानसँग जोडिएका सबैले मनन गरौं।’

सात वर्षअघि बाबुरामले भनेका थिए,‘नयाँ शक्ति समृद्ध नेपाल निर्माण गर्ने सपना बोकेको एउटा नितान्त नयाँ बिरुवा हो! यो हुर्कन र फल्न प्रकृतिको नियम अनुसार केही समय लाग्छ! जन्मदैमा फल लागेको भ्रममा हाैसिने तर फल नभेट्टाए पछि निराश भएर बिरुवा नै उखेल्ने वा पुरानो चिलाउनेको धोत्रो रुखमा लगेर कलमी गर्ने मूर्खता नगरौं! सक्छौं धैर्यतापूर्वक बिरुवालाई मलजल गरौं, सक्दैनौं भने आफैँले रोपेको बिरुवालाई यो वा त्यो बहानामा निमोठ्ने काम नगरौं!’

०७३ देखि नयाँ शक्तिमा जोडिएका धेरैजसो नेताहरू हाल सत्ता र स्वर्थले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतमा जोडिएका छन्।

प्रकाशित: २७ मंसिर २०८१ ९:४८ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast