नयाँ वर्षमा भिड्दै तीन एक्सन फिल्म

हिमाल प्रेस ११ पुष २०८१ १७:२३ | Thursday, December 26, 2024
नयाँ वर्षमा भिड्दै तीन एक्सन फिल्म

काठमाडौँ- आगामी वर्ष २०८१ सालमा हलमा तीन फिल्मको प्रतिस्पर्धा हुने पक्का भएको छ। ‘नरसिंहा’, ‘कर्मा’ र ‘पिताम्बर’। दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहा अवतार’ ले बिहीबार प्रदर्शन मिति तोकेसँगै तीन फिल्म भिड्ने निश्चित भएको हो।  तीनओटै फिल्म एक्सन जनरामा बनेको छ।

‘नरसिंहा अवतार’ महानायक राजेश हमालको कमब्याक फिल्म हो। एक्सनसहित सोसल ड्रामा जनरामा बनेको फिल्ममा राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, सरोज खनाल, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाहलगायत कलाकारको अभिनय रहनेछ। क्रिएटिभ सिने आर्ट ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, दीपक ढकाल शर्मा छन्।

केही दिनअघि फिल्म ‘पिताम्बर’ टिमले पनि चैत २९ लाई प्रदर्शन मिति तोकेको छ। फिल्म कृषा चौलागाईंले निर्देशन गरेकी छन्। यो फिल्म पनि एक्सन जनरामै बनेको छ।फिल्ममा कलाकार दयाहाङ राई, सौगात मल्ल, प्रदीप खड्का, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, दिव्या रायमाझी, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारीलगायत कलाकारको अभिनय छ। प्रदीप भारद्धाजको लेखन रहेको फिल्म हिमाल केसीको द्धन्द्व निर्देशनमा बनेको छ। फिल्मका निर्माता विशाल चौलागाईं हुन्।

त्यस्तै सौरभ चौधरी लेखन तथा निर्देशनमा बनेको फिल्म पहिले ‘कर्मा’ ले पनि चैत २९ मै प्रदर्शन गर्ने पहिले नै घोषणा गरिसकेको थियो। एक्सन ड्रामा जनरामा बनेको फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देवलगायत कलाकारको अभिनय छ। आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहको फिल्ममा वसन्त लम्सालले लगानी गरेका छन्।

प्रकाशित: ११ पुष २०८१ १७:२३ | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast