धापासीस्थित एक घरमा भीषण आगलागी

हिमाल प्रेस ४ पुष २०८१ २१:०२ | Thursday, December 19, 2024
धापासीस्थित एक घरमा भीषण आगलागी प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ– टोखा नगरपालिका वडा नं. ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ। त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा बुधबार साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको टोखा–६ का वडाअध्यक्ष शान्ता पौडेलले जानकारी दिइन्।

साँझ ५ बजेको समयमा ग्यास लिक हुँदा आगलागी भएको थियो। ठूलो कम्पाउण्डमा घर भएको कारण अन्य घरमा भने क्षति नपुगेको वडाध्यक्ष पौडेलले बताइन्।

आगलागी भए लगत्तै खबर गरेपछि प्रहरी परिचालन गरिएको थियो। काठमाडौँ, भक्तपुर र ललितपुरको दमकल र नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: ४ पुष २०८१ २१:०२ | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast