धरानमा संगीत जात्रा

हिमाल प्रेस ८ पुष २०८१ १८:३१ | Monday, December 23, 2024
धरानमा संगीत जात्रा

सुनसरी- ‘गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ धरानमा ११ दिने संगीत जात्रा महोत्सव सुरु भएको छ।

मौलिक तथा जातीय भेषभूषा, सांस्कृतिक प्रदर्शनी, अर्गानिक खाद्यान्नलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव आइतबारबाट धरान उपमहानगरपालिका–१५ बगरकोटमा सुरु भएको महोत्सव यही पुस १७ गतेसम्म चल्ने छ।

महोत्सवले धरानको खस्कँदो अर्थतन्त्रलाई चलायमान बनाउने धरान उपमहानगरपालिका–१५ का वडाध्यक्ष नरेश ईवारमले बताए। महोत्सवको पहिलो दिन किरातीहरूको साकेला सिली र लिम्बुहरूको च्याब्रुङ प्रदर्शन गरिएको थियो। महोत्सव अवधिभर थप मनोरञ्जन प्रदान गर्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ।

महोत्सवको आयोजक नेचर क्लब धरान र निशान त्रिभ्याली विकास संस्था धरान–१५ रहेको छ भने सह आयोजक त्रिवेणी महिला समूह रहेको छ। महोत्सवमा ५० वटा स्टल रहेको महोत्सवका संयोजक तथा सल्लाहकार दीपचन्द्र राईले जानकारी दिए।

महोत्सव अवधिभर कलाकारहरु सविन राई, ज्योती मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन ९सिक्कीम०, अनमोल गुरुङ (कालिम्पोङ), रक हेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाललगायतको प्रस्तुति रहने जनाइएको छ।

प्रकाशित: ८ पुष २०८१ १८:३१ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast