काठमाडौँ- दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘दुखी आत्मा’ को तीन पोस्टर सार्वजनिक गरिएको छ। पहिलो पोस्टरमा दयाहाङ राई एक्लै कानमा हेडसेटसहित बसेर माेबाइल हेरिरहेका छन्।
दोस्रोमा आँचल शर्मासँग उनलाई प्रेमील भावमा देखाइएको छ। तेस्रोमा भने दयाहाङ र आँचलसहित अनुपबिक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मालाई पात्र अनुसारको भावमा प्रस्तुत गरिएको छ।
फिल्म आगामी फागुन २ अर्थात् भ्यालेन्टाइन्स डे को अवसरमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ। फिल्ममा कवि श्रवण मुकारुङका १० कविता पनि समेटिएको छ।
आलोक शुक्लाले छायांकन गरेको फिल्म निमेष श्रेष्ठको सम्पादनमा बनेको छ। क्लक वर्क क्रियसनको ब्यानरमा बन्ने फिल्ममा निर्माता हिमाल कडरिया हुन्।
प्रकाशित: २ पुष २०८१ ११:५३ | Tuesday, December 17, 2024
प्रतिक्रिया





