दीपशिखा पुस्तकालयको अध्यक्षमा भण्डारी

हिमाल प्रेस ३० मंसिर २०८१ २१:३५ | Sunday, December 15, 2024
दीपशिखा पुस्तकालयको अध्यक्षमा भण्डारी

गण्डकी- पोखरा महानगरपालिका–२९, भण्डारढिकस्थित दीपशिखा सामुदायिक पुस्तकालयको अध्यक्षमा कृष्णहरि भण्डारी निर्वाचित भएका छन्। पुस्तकालयको सत्रौँ साधारणसभा तथा आठौँ अधिवेशनबाट भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो।

समितिको उपाध्यक्षमा निर्मला पौडेल, सचिवमा पदमप्रसाद अधिकारी, कोषाध्यक्षमा माधव भण्डारी र सहसचिवमा मीनकुमारी डल्लाकोटी निर्वाचित भएका छन्।

समितिको सदस्यमा विश्वराज पौडेल, चन्द्रबहादुर गुरुङ, विष्णुहरि पौडेल, कमला भण्डारी, एलिसा केसी र शान्ता पौडेल निर्वाचित भए।

प्रकाशित: ३० मंसिर २०८१ २१:३५ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast