थाइल्याण्डको ताक प्रान्तमा बम विस्फोटमा परी तीन जनाको मृत्यु, ३९ घाइते

हिमाल प्रेस २९ मंसिर २०८१ १३:०१ | Saturday, December 14, 2024
थाइल्याण्डको ताक प्रान्तमा बम विस्फोटमा परी तीन जनाको मृत्यु, ३९ घाइते

बैंकक- थाइल्याण्डको ताक प्रान्तमा वार्षिक उत्सवको क्रममा बम विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३९ जना घाइते भएका छन्।

प्रधानमन्त्री पटोङ्गटार सिनावात्राले शुक्रबार मध्यरातमा भएको विस्फोटमा मृतक र घाइतेहरूको परिवारप्रति सामाजिक सञ्जाल पोष्टमार्फत गहिरो समवेदना व्यक्त गरेकी छन्।

सुरक्षा निकायलाई घटनाको तुरुन्त अनुसन्धान गर्न, दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन, सार्वजनिक सुरक्षा सुनिश्चित गर्न, आगामी सबै चाडपर्वहरूमा सुरक्षा उपायहरू बढाउन उनले निर्देशन दिएकी छन्।

प्रकाशित: २९ मंसिर २०८१ १३:०१ | Saturday, December 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast